×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

होमस्टेबाटै धनी बनेको चिनियाँ हिमाली गाउँ

  •  
  • शनिबार, असोज ०६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     राजु लामिछाने

    अगस्ट २५, तदअनुसार भदौ ९ । चिनियाँ समयअनुसार बेलुकाको पौने आठ बजे । हामी पावोसिङ काउन्टीको हिमाली गाउँ पुगेका थियौँ ।

    चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको राजधानी छेन्दु सहरबाट २ सय १० किलोमिटर टाढाको त्यो गाउँमा १४ जना नेपाली पत्रकार पुग्दा स्थानीयहरु लहरै बसेर नेपाली मिडिया दललाई स्वागतअंकित ब्यानर टल्काउँदै स्वागत गरिरहेका थिए । हाम्रो साथमा चीनको गरिबी निवारण कोषका अधिकारी र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका प्रतिनिधिहरु चेतनाथ आचार्य र राजु हुनुहुन्थ्यो । केही बालक, थोरै वयस्क र बढी युवा उमेरका चिनियाँहरुको न्यानो स्वागतपश्चात हामी स्थानीय होमस्टेमा बाडियौँ, बास बस्नको लागि ।

    भोलिपल्ट बुझ्न पायौँ, होमस्टे चलाएरै गरिबीको दलदलबाट मुक्ति पाएका ती गाउँलेका वास्तविकताहरु । कथाजस्तै लाग्छन्, उनीहरु गरिबीको जञ्जिरबाट उम्किएका कुरा सम्झँदा ।

    १ हजार ७ सातमिटर अग्लो पहाड, भिरालो जमिन, गरिबीको मार, आयश्रोतबिनाको कच्ची घरबस्ती, सहर र सरकारको पहुँचभन्दा टाढा, राजेगारीका लागि गाउन छोडी परिवार पाल्न मुश्किल हुने अवस्था – अझ नाजुक थियो त्यहाँको अवस्था । तर अहिले हिमाली गाउँको परिचय फेरिएको छ, अवस्था बदलिएको छ । नाम ठोक्किने पहाड छन् दुवैतिर जसले सुन्दर प्रकृतिको दृश्य अवलोकन गर्न कन्जुस्याँई पटक्कै गर्दैन । बीचमा कलकलबग्ने स्वच्छ र निर्मल नदी । जसले नेपालकै भौगोलिकतालाई झलझली सम्झाउँछ ।

    सन् २००८ मा पनि हल्लाएको थियो भूकम्पले । फेरि सन् २०१३ अप्रिल २० तारिखमा यो गाउँ भूकम्पले हल्लायो । ७ रेक्टर स्केलको भूकम्पले गाउँ हल्लाएन मात्र, गाउँका अधिकांश घरहरु भत्किएका थिए । मानवीय क्षति नभए पनि ६० घरहरु भत्किएपछि त्यो गाउँमा संकट आयो । गाउँलेहरुले कयौ रात ढुंगा र पालमुनि बिताए, जसोतसो पेट कसेर बाँचे ।

    भूकम्पपश्चात विभिन्न संस्था र सरकारको उपस्थिति रह्यो । उनीहरुले सहरका जस्तै अग्ला र चिल्ला महलको आशा राखे । तर, चिनियाँ गरिबी निवारण कोष अग्रसर भई आफू बस्ने, पर्यटक भित्र्याउने र आर्थिक सबलता हासिल गर्ने योजना बताए, उनीहरुले होमस्टे लक्षित बस्ती विकासको डिजाइनमा दत्तचित्त भए । सरकारले अनुदान दियो, सहुलियत ऋण पनि दियो । चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशनले थप सहयोग गर्यो । अनि बन्यो होमस्टे सञ्चालनका लागि सहकारी पनि ।

    बल्ल फेरियो पहाडी गाउँ । सिचुवान प्रान्त पाण्डा र बाँसका लागि प्रख्यात भएकाले यहाँका घरहरुको सजावट पनि बाँसबाट नै गरिएको छ । पर्यटकका लागि होमस्टेका चिटिक्क परेका घरहरु बनाइएका छन् । यी घरका तल्लो तलामा भान्साघर, दोश्रो तलामा घरधनीको बसोबास हुन्छभने तेस्रो तलामा पर्यटकहरुको लागि आनन्दित बासस्थान । पर्यटन सेवा, स्थानीय उत्पादन र कला संस्कृतिले गर्दा चीन सरकारले अगाडि सारेको गरिबी निवारण कार्यक्रम सफल बनाएको एउटा नमुना गाउँ । प्राकृतिक सुन्दरता र विशुद्ध प्राङ्गारिक जीवन जिउन चाहनेहरुको पहिलो रोजाई बनेको छ यो गाउँ ।

    पहाडी गाउँका अध्यक्ष ली त आनले नेपाली पत्रकारलाई जानकारी दिएअनुसार, २०१४ को अन्तसम्म सबै घर पुनर्निर्माण गरियो । सबै घरहरु भूकम्पप्रतिरोधी छन् । घरहरुमात्र होइन हिँड्ने बाटो समेत मौलिक बनाइएको छ । विश्वमा सबैभन्दा पहिला पाण्डा भेटिएको गाउँसमेत रहेकाले यहाँ प्रशस्त बाँस पाइन्छ ।

    पुनर्निर्माण भएका ६० घरलाई बासँले बेरिएको छ, आकर्षक शैलीमा । गाउँको प्रवेशद्वारमै ठूलो ढुंगामा उडिरहेको चिलको चित्र कोरिएको छ । जसले इगलजस्तै गाउँको द्रुतविकासको गतिलाई इंगित गर्दछ । गाउँको काखमा ४ सय २० सेन्टिमिटर अग्लो स्मारक बनाइएको छ । ४ सय २० सेन्टिमिटरको अर्थ अप्रिल अर्थात चौथो महिनाको २० तारिख भूकम्प गएपछि सम्झनामा स्मारक बनाइएको हो ।

    गाउँमा ७० वर्ष र १०० वर्ष अघिका दुईबाट घरहरु संरक्षण गरेर राखिएको छ । यीनै घरलाई आधार मानेर भूकम्पपछिका घरहरु बनाइएका छन् ।  सरसफाइकाे चुस्त व्यवस्थापन, सामूहिक कार्यले पावोसिङ काउण्टीको हिमाली गाउँ पर्यटकहरुको रोजाईमा परेको छ ।

    गाउँ  पुनर्निर्माणताका स्वयमसेवक भएर कार्य गर्नुभएकी  सी सिआओ छोङले हीले गाउँमा वार्षिक ५० हजार पर्यटक गाउँमा आउने गरेको बताउनुभयो । स्थानीय सहकारीको प्रबन्धक समेत रहेकी उहाँले शनिबार र आइतबार हुने बिदामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको बताउनुभयो । होमस्टेमा बस्दा सिंगल कोठाको एक रातको ३६० र डबल कोठाको ६२० युआन पर्छ ।

    होमस्टे बस्दा गाउँलेहरुले पाहुनालाई सकभर स्थानीय खाना खुवाउँछन् । पर्यटकहरुलाई त्यहाँको मौलिक सस्कार देखाउँछन्, साँस्कृतिक झलकहरुमा रमाउन लगाउँछन् । स्थानीय सामग्रीहरु बिक्री गरेर आम्दानी बढाउँछन् । भूकम्पपछि निर्माण भएको त्यस गाउँको बसोबासमा व्यापक सुधार हुनुका साथै पर्यटन उद्योगबाट आयआर्जन भई गरिबी निवारण हुनुका साथै गाउँलेहरुमा सहयोगी व्यवहार बढेको छ । जेष्ठ नागरिकहरुको सम्मानका लागि दिवा जेष्ठ नागरिक केन्द्र समेत निर्माण गरिएको छ  जहाँ जेष्ठ नागरिकहरु दिउँसो रमाइलो गर्दछन् ।

    अहिले पनि चीनमा तीन करोड मानिस गरिबीको रेखामुनि रहेका छन् । चीनले वार्षिक २३ सय युआन (३९ हजार नेपाली रुपैयाँ) आय नभएकालाई गरिबीको रेखामुनि राखेको छ । सन् २०२० सम्म निरपेक्ष गरिबी हटाउन चीन सरकारले लिएको लक्ष्य पूरा भएसँगै करिब १ अरब ४० करोड चिनियाँलाई खान, लाउन, आधारभूत शिक्षा र स्वास्थ्य, आवासको ग्यारेन्टी हुनेछ । चीनको गरिबी निवारणका लागि सरकारले केन्द्रदेखि काउन्टीसम्म गरिबी निवारणका कार्यालय स्थापना गरेको छ ।

    हाम्रो देशमा पनि २०७२ सालमा गएको भूकम्पले मानवीय र भौतिक क्षति गर्‍यो । नेपालमा भूकम्प गएको ३, ४ वर्ष बितिसक्दा पनि अझै धेरै गाउँहरु पुनर्निर्माण हुन नसकिरहेको अवस्थामा छ । सरकारले दिने अनुदान राजनैतिक खिचातानीको शिकारमा परि कामविहीन छ । पुनर्निर्माणप्राधिकरणलाई सुस्त पारिएको छ । यहाँ गरिबी निवारणका कार्यक्रम सञ्चालन नभएका होइनन्, सीमित व्यक्ति धनी भएको गुनासो कायमै छ ।

    चीनले गरिबी निवारणका निम्ती ५ वटा मोडेल अबलम्बन गरको देखियो । उद्योग, श्रम स्थानान्तरण, शिक्षा र स्वास्थ्यमा सहयोग, पर्यावरणको संरक्षण, गुणस्तरीय जीवनको ग्यारेन्टी र ई–कमर्स । नेपालले पनि आफ्नै मोडल अपनाएर गरिबी निवारणको लागि अगाडि बढ्न सक्छ ।

    चिनियाँ गरिबी निवारण कोषको आमन्त्रणमा चीन पुगेको नेपाली पत्रकारहरुको टोलीले देखेको यो हिमाली गाउँजस्तै नेपालका अधिकांश गाउँले पर्यटक तान्न सक्छन् ।

    कामप्रतिको लगाव, विकासको तीव्रता, सामूहिकता,उत्कृष्टता र राष्ट्रियताप्रतिको उच्च प्रतिबद्धताले चीन बन्न सफल भएको हो ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    भारतले आज पनि पठायाे राहत सामग्री
    भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.