गाेरखा । भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ ।
शरीर जलेका कारण मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो । दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा जलेको छ ।



