गाेरखा । आइजिपीबाट हटाउने सरकारको निर्णयविरूद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कार्कीले वारेसमार्फत् रिट दिएका हुन् ।
उनले आइजिपीमा पुनर्बहाली माग गरेका छन् । अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार बिहीबार सर्वोच्चमा रिट पठाइएको हो ।
सर्वोच्च अदालतले रिट अध्ययन गरिरहेको छ । दर्ता भइसकेको छैन ।
सरकारले कार्कीलाई आइजीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । सोनिर्णय विरूद्ध र आफूलाई आइजीको रूपमा पुनर्बहाली गर्न माग गर्दै रिट दिइएको हो ।


