गाेरखा । साताकाे चाैथाे दिनमा पनि नेपाली बजारमा आज सुनकाे मूल्य बढेकाे छ भने चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा ६०० रुपैयाँले बढेर तोलाकाे २ लाख ७५ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे २ लाख ७५ हजार रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य बढेपनी चाँदीकाे मूल्य भने घटेकाे छ । चाँदी ताेलामा २० रुपैयाँले घटेर ताेलाकाे ३ हजार ६५५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ३ हजार ६७५ रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ३६ हजार २८५ रुपैयाँ र चाँदी ३ हजार १३३ रुपैयाँ ५० पैसामा काराेबार भएकाे छ ।


