गाेरखा । साताकाे पहिलाे दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा ८ हजार ३०० रुपैयाँले घटेर तोलाकाे २ लाख ७२ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार २ लाख ८० हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा १७५ रुपैयाँले घटेर ताेलाकाे ३ हजार ६५० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी गएकाे शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ३३ हजार १९५ रुपैयाँ र चाँदी ३ हजार १२९ रुपैयाँ ५० पैसामा काराेबार भएकाे छ ।


