साँकेतिक तस्विर
गाेरखा । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएको अवस्थामा १ जना पुरुषको शव फेला परेको छ ।
स्थानीयले आइतबार बिहान खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार शवको पहिचान हुन सकेकाे छैन । घटनाबारे अनुसन्धान भइरहेको र पहिचान खुलेपछि थप विवरण सार्वजनिक गरिने सुनसरी प्रहरीले जनाएकाे छ ।


