गोरखा । गोरखा सदरमुकामको आहालेमा भएकाे ‘कोखेली हिलटप मिनी म्याराथन’ सम्पन्न भएको छ ।
गोरखा नगरपालिका–२ वडा कार्यालयको आयोजनामा पहिलो पटक ‘कोखेली हिलटप मिनी म्याराथन’ प्रतियाेगिताकाे आयाेजना गरिएकाे हो ।
पुरुष तर्फ प्रथम निरज भट्ट क्षेत्री, द्वितीय पृथ्वी राई र तृतीय धिरन राई भएका छन् उनीहरुले क्रमश. २५ हजार १५ हजार नगद सहित मेडल, कप र प्रमाण पत्र पाएका छन् । म्याराथनमा पुरुष तर्फ १० किलाे मिटरकाे दाैड राखिएकाे थियाे ।
म्याराथनमा नै महिला तर्फ प्रथम सृजना पाण्डे, द्वितीय मन कुमारी लामा र तृतीय सादना सेवा भएकी छिन । उनीहरुले क्रमश. ११ हजार १११, ७ हजार ७७७ र ५ हजार ५५५ रुपैयाँ नगद र मेडल, कप र प्रमाणपत्र प्राप्त गरेकाे आयाेजक संस्थाले जनाएकाे छ ।
गाईखुर सामुदायिक सिकाई केन्द्रको सहकार्यमा भएकाे मिनी म्याराथन प्रतियोगितामा महिला तर्फ भने ५ किलाे मिटरकाे दाैड राखिएकाे सन्दिप बयलकाेटीले जानकारी दिए ।


