गाेरखा । पश्चिम सुर्खेतको पञ्चपुरीमा फारेर फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
कैलालीको लम्किबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी मंगलबार अनियन्त्रित पञ्चपुरी नगरपालिका–३, लगाम डाँडामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडीमा २१ जना सवार थिए ।
गाडी आज बिहान साढे १० बजे गाडी दुर्घटना भएको हो ।
घाईतेहरु :
१) अछाम तुर्माघाट गा.पा. ६ बस्ने वर्ष अं. २७ की जिवन कला बयकको टाउको र हातमा चोट अवस्था मध्यम
२) अछाम विनयक न.पा. १ बस्ने वर्ष अं. २५ को हेमन्त तिमल्सिनाको टाउको र हातमा चोट अवस्था मध्यम ऐ. ११;३० बजे प्रदेश अस्पताल काला गाउ रिफर
३) कैलाली कैलाली न.पा. ३ बस्ने सुनिल बादीको छोरा वर्ष अं. ३ को समिर बादीको टाउको र हातमा चोट अवस्था सामान्य
४) दैलेख ठाटिकान गा.पा. ३ बस्ने वर्ष अं. ४१ को विर्ख टमटाको हातमा चोट अवस्था सामान्य
५) ऐ.ऐ. बस्ने वर्ष अं. २० की सारदा टमटाको टाउकोमा चोट अवस्था सामान्य
६) अछाम कमलबजार न.पा. ७ बस्ने मिन भण्डारीको छोरा वर्ष अं. १५ को निरज भण्डारीको हातमा चोट अवस्था सामान्य
७) अछाम विनयक न.पा. ८ बस्ने वर्ष अं. ३५ को धिराज बि.क.को हातमा चोट अवस्था सामान्य
८) कैलाली लम्किचुहा न.पा. ४ बस्ने वर्ष अं. २० को गोपाल बोगटीको टाउको र हातमा चोट अवस्था मध्यम
९) ऐ.ऐ. बस्ने वर्ष अं. २० की शान्ति भण्डारीको टाउकोमा चोट अवस्था सामान्य


