गाेरखा । गुल्मीको कालिगण्डकी गाउँपालिका -२ अर्बेनी दभौखानीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएकाे छ भने अन्य ३ जना घाइते भएका छन् ।
पालिका अध्यक्ष बेद थापा मगरका अनुसार ५ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको हाे ।
घाइते ३ जनालाई उपचारकोलागि स्याङ्जाको मिर्मी पठाईएको छ ।
पारिवारिक भ्रमण रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको गुल्मी प्रहरीले जनाएकाे छ । जिप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।
घटनाका बारे विस्तृत विवरण भने आउन बाकी रहेको छ ।


