गाेरखा । साताकाे दाेस्राे दिन नेपाली बजारमा आज सुन र चाँदीकाे मूल्य बढेकाे छ ।
सुन ताेलामा ३ हजार रुपैयाँले बढेर तोलाकाे २ लाख ८१ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे २ लाख ७८ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी ताेलामा ४० रुपैयाँले बढेर ताेलाकाे ३ हजार ९९५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ३ हजार ९५५ रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ४१ हजार ३४० रुपैयाँ र चाँदी ३ हजार ४२५रुपैयाँमा काराेबार भएकाे छ ।


