गाेरखा । हिन्दु नेपालीहरुकाे महान चाढ बडा दशैंकाे लामाे बिदा लगत्तै आज खुलेकाे नेपाली बजारमा सुन र चाँदीकाे घटेकाे छ ।
सुन ताेलामा ११ हजार ७०० रुपैयाँले घटेर तोलाकाे २ लाख ७८ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे कार्तिक २ गते २ लाख ९० हजार २०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा २३० रुपैयाँले घटेर ताेलाकाे ३ हजार ९५५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी गएकाे कार्तिक २ गते प्रतितोला ४ हजार १८५ रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ३८ हजार ७७० रुपैयाँ र चाँदी ३ हजार ३९१ रुपैयाँमा काराेबार भएकाे छ ।


