गोरखा । गोरखाको आन्तरिक पर्यटक विकासमा प्रवर्द्धन गर्ने उद्वेश्य सहित गोरखा बजारमा २ दिने कार्यक्रमकाे आयोजना गरिएको छ ।
लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे को आयोजनामा सदरमुकाममा भाेली शुक्रबार र पर्सी शनिबार कार्यक्रमकाे आयोजना गरिएको चिफ गर्भनर एड अच्यूतलाल श्रेष्ठले बताए ।
कार्यक्रमकाे बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले ३२५ जे अन्तरर्गत रहेका १४८ क्लबका पदाधिकारीले बुधबार दिउसोसम्म ६२५ जनाले गोरखामा हुने कार्यक्रममा सहभागिता जनाउने गरी नाम रजिष्ट्रेशन गराएको जानकारी दिए ।
उनका अनुसार ३२५ जे अन्तरर्गत पर्ने गोरखा सहित काठमाडौं, नुवाकोट, धादिङ, कास्की र बाग्लुङ जिल्लाका क्लब पदाधिकारीहरु कार्यक्रममा सहभागिता जनाउने छन् ।
गोरखामा भएका ९ क्लव मध्य लायन्स क्लव अफ गोरखा कालिकाको आयोजना तथा अन्य ८ क्लव सह आयोजक रहेको क्याविनेट मिटिङमा लान्यस बर्ष २०२६-२०२७ का लागि तय भएका लक्ष्य, योजना, कार्यक्रम तथा सेवाका गतिविधीहरुको समिक्षा गर्दै आगामी कार्यदिशा निर्धारण गर्नु मिटिङ मुख्य उद्वेश्य रहने आयोजक क्लवका अध्यक्ष प्रेमिता श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिईन ।
गोरखामा मिटिङ आयोजना गर्नुको मुख्य उद्वेश्य लायन्स नेतृत्वलाई ऐतिहासिक गोरखासंग परिचित गराउनु, जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनु, स्थानिय ब्यवसाय तथा आर्थिक गतिविधिलाई चलायमान बनाउनु र सामाजिक सेवाका क्षेत्रमा स्थानिय संस्थाहरु बिच सहकार्य विस्तार गर्नु रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
कार्यक्रम अनुसार कार्तिक १३ गते सदरमुकामको मिराकल होटलमा डिष्ट्रिक क्याविनेट अफिसरहरुको बैठक (विजनेस सेशन) हुने छ भने १४ गते सिटी (बहु उद्वेश्य भवन) हलमा कार्यक्रमको समुदघाटन (प्लानरी सेशन) गरेर समापन गरिने डिस्ट्रिक्ट ३२५ जे को चिफ गर्भनर एड श्रेष्ठले जानकारी दिए ।
आयोजकले दिएको जानकारी अनुसार कास्कीबाट १९९ जना, काठमाडौंबाट १८३ जना, गोरखाबाट १७६ जना र बागलुङबाट ५६ जनाले बुधबार दिउसोसम्म कार्यक्रममा सहभागिताको लागी रजिष्ट्रेशन गराईसकेका छन् ।
बार्षिक ४ पटक हुने मिटिङ लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे गोरखाको स्थापना भएको ४३ बर्षमा यो चौथो पटक आयोजना गरिएको हो ।


