गाेरखा । साताकाे चाैथाैं दिन आज नेपाली बजारमा सुन र चाँदीकाे मूल्य बढेकाे छ ।
सुन ताेलामा ९०० रुपैयाँले बढेर तोलाकाे २ लाख ८३ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८२ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी ताेलामा १० रुपैयाँले बढेर ताेलाकाे ३ हजार ९८० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ३ हजार ९७० रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ४२ हजार ८०० रुपैयाँ र चाँदी ३ हजार ४१२ रुपैयाँमा काराेबार भएकाे छ ।


