गाेरखा । चितवनकाे ईच्छाकामना-४ कुरिनटारमा ट्रक, बस र माइक्रो एक-आपसमा ठोक्किएर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी कम्तीमा पनि ११ जना घाईते भएकाे सशस्त्र प्रहरी बल नेपालाका सशस्त्र प्रहरी नायव उपरिक्षक एवं सह प्रवक्ता शैलन्द्र थापाले बताए ।
उनका अनुसार सर्लाही बाट काठमाडौ आउंदै गरेको बाग्मती प्रदेश ०३- ००१ ख २७७७ नम्बरको बस, काठमाडौ बाट मुग्लिन तर्फ जाँदै गरेको प्रदेश १ -०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवल बाट काठमाडौ आउंदै गरेको बाग्मती प्रदेश ०३-००१ ज १२५९ नमबरको माइक्रो बस एक आपसमा ठोक्किएर दुर्घटना भएकाे हाे ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली उद्धारकाे खटिएको पनि थापाले बताए । अहिले बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।
घाइतेलाई स्थानिय अस्पताल र कुरिनटार स्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगेर उपचार भइरहेको छ । विस्तृत विवरण आउन बाँकी रहेको सह प्रवक्ता थापाले जानकारी दिए ।


