गाेरखा । नेपाल राष्ट्र बैंकले आज मंगलबारकाे लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा तोकिएको छ ।
यस्तै, युरो १ को खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा रहेको छ । पाउण्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा तोकिएको छ ।
स्विस फ्र्याङ्क १ को खरिददर १८४ रुपैयाँ ३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७६ पैसा रहेको छ। अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।



