गाेरखा । नेपाली काँग्रेसकाे युवा संगठन नेपाल तरुण दलकाे स्थापना दिवसकाे अवसरमा आज सदरमुकाममा रहेकाे गाेरखा अस्पतालमा फलफुल वितरण गरेर मनाईएकाे छ ।
तरुण दल स्थापना भएकाे ७३ बर्षकाे अवसर पारेर युवाहरुले अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेकाे गाेरखाका अध्यक्ष आनन्द गुरुङ (काजी) ले जानकारी दिए ।
उनका अनुसार प्रदेश अस्पतालमा रहेका ६० जना बिरामीहरुलाई एक कार्यक्रम बिच फलफुल वितरण गरीएकाे हाे ।
गाेरखा नगरपालिकाका पूर्व मेयर तथा हालै महाधिवेसन प्रतिनिधीमा चयन भएका राजन राज पन्तले बिरामीहरुलाई फलफुल बिरतरण गरेर सुरुवात गरेका थिए ।
फलफुल वितरण कार्यक्रममा तरुण दलका पदाधिकारी तथा नेपाली काँग्रेस गाेरखाका पदाधिकारी एवं प्रदेश अस्पताल गाेरखाका बिकास समितिका अध्यक्ष कृण्ण ढकालका साथै मेसु डा.शम्भु अधिकारीकाे समेत सहभागीता रहेकाे तरुण दल गाेरखाले जानकारी दिएकाे छ ।


