गाेरखा । सशस्त्र प्रहरीले हिजाे राती काठमाडौ बाट १२० ग्राम ब्राउन सुगर सहित २ जनालाइ पक्राउ गरेकाे छ ।
विशेष सुचनाको आधारमा एपिएफ ईन्टेलिजेन्स ब्युरोको टोलीले काठमाडौ महानगरपालिका-३२ मा रहेकाे बिश्राम गेष्टहाउसको कोठा नं. ६ बाट १ जना महिला र अर्का १ जना पुरुषलाई पक्राउ गरेकाे सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव उपरिक्षक एवं सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा पांचथर जिल्ला फालेलुङ-५ बस्ने बर्ष ४२ को सुन्दर राई र बर्ष ४२ कि रविना राई हुन् । दुवै जनालाई बेचविखन गरीएको अवस्थामा लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथ बाट बरामद ब्राउन सुगर , मोबाइल २ थान र ४ हजार ५५० रुपैयाँ नगद बरामद भएकाे पनि सह प्रवक्ता थापाले बताए । दुवैजनालाई आवश्यक अनुसन्धान र कार्वाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको समेत थापाले जानकारी दिए ।


