गाेरखा । आज नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ भने चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा ८०० रुपैयाँले बढेर तोलाकाे २ लाख ८२ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८१ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य बढेकाे भएता पनि चाँदीकाे मूल्य भने घटेकाे छ । चाँदी ताेलामा २५ रुपैयाँले घटेर ताेलाकाे ३ हजार ९७० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ३ हजार ९९५ रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ४२ हजार २५ रुपैयाँ र चाँदी ३ हजार ४०३रुपैयाँ ५० पैसामा काराेबार भएकाे छ ।


