गाेरखा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली तथा पहाडी भागमा आंशिक बादल लागेको छ भने तराई भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर आंशिक बादल लाग्नेछ ।
बुधबार देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भागका केही स्थानमा हल्का सम्मको वर्षा र हिमपातको सम्भावना छ ।
राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भागका केही स्थानमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भाग, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भागका केही स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।
बिहीबार देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा भारी वर्षा र हिमपातको तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।


