गाेरखा । राजनीतिक दलमा जिम्मेवारी लिएका ३ जना सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयलाई सिफारिस गरिएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा परेको उजुरीका आधारमा यस्तो सिफारिस गरिएकाे हो । परेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा फर्वाड गरिएको छ ।
‘सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरीमा कानुनी कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ,’ रास्वपाका सचिवालय सदस्य कविन्द्र बुर्लाकोटी सामाजिक सञ्जालमा लेखेका छन् ।
बुर्लाकोटीका अनुसार ति सबै कर्मचारी काठमाडौंका हुन् ।


