गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा ३ हजार २०० रुपैयाँले घटेर तोलाकाे २ लाख ८० हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८३ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा १०५ रुपैयाँले घटेर ताेलाकाे ३ हजार ८२५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ३ हजार ९३० रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ४० हजार ३१० रुपैयाँ र चाँदी ३ हजार २७९ रुपैयाँ ५० पैसामा काराेबार भएकाे छ ।


