गाेरखा । आज नेपाली बजारमा सुनकाे मूल्य सामान्य रुपमा बढेकाे छ भने चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा ३०० रुपैयाँले बढेर तोलाकाे २ लाख ८३ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८३ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य बढेपनि चाँदीकाे मूल्य भने घटेकाे छ । चाँदी ताेलामा ५० रुपैयाँले घटेर ताेलाकाे ३ हजार ९३० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ३ हजार ९८० रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ४३ हजार ५५ रुपैयाँ र चाँदी ३ हजार ३६० रुपैयाँ ५० पैसामा काराेबार भएकाे छ ।


