गाेरखा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेको छ भने तराई र उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका थाेरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
आजै राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भागमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
बिहीबार देशको हिमाली र पहाडी भागमा तथा कोशी प्रदेशको तराई भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका थाेरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।


