गाेरखा । साताकाे तेस्राे दिन नेपाली बजारमा आज सुनकाे मूल्य बढेकाे ५ भने चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा ७०० रुपैयाँले बढेर तोलाकाे २ लाख ७५ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे २ लाख ७४ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य बढेपनी चाँदीकाे मूल्य भने घटेकाे छ । चाँदी ताेलामा ४५ रुपैयाँले घटेर ताेलाकाे ३ हजार ६७५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ३ हजार ७२० रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ३५ हजार ७७० रुपैयाँ र चाँदी ३ हजार १५१ रुपैयाँमा काराेबार भएकाे छ ।


