गाेरखा । अनसनरत डा.गोविन्द केसीलाई इलामबा६ थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
उनको स्थास्थ्य अवस्था जटिल बनेसँगै नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान काठमाडौँ लगिएको हो ।
इलाममा रहेका केसीका सहयोगी पवन थापाले थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ पठाइएको जानकारी दिए । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार हुनेछ ।
टाइप २ मधुमेहका बिरामी रहेका डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ ।
स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रिँदै गएपछि थप र विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन् ।
विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझदेखि इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए ।


