गाेरखा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसका प्रभाजले अहिले दार्चुला, बझाङ र हुम्ला जिल्लाका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज देशका हिमाली र पहाडी भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । यसैगरी, लुम्बिनी प्रदेशको तराई भागका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएकाे छ ।
महाशाखाले बंगालकाे खाडी बनेकाे नयाँ चक्रवात मुरासुबारे पनि विशेष बुलेटिन जारी गर्दै उक्त मौसम प्रणालीको कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नदेखिएको जनाएको छ ।
भू-उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्क विश्लेषणको आधारमा आइतबार बिहान ११:४५ बजे दक्षिणपश्चिम बङ्गालको खाडी तथा आसपासको मध्यपश्चिम बङ्गालको खाडीमा चक्रवाती आँधी मुरासु बनेको हो ।
बङ्गालको खाडीमा यो प्रणाली शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको छ । यो प्रणाली निरन्तर पश्चिम-उत्तरपश्चिमातर्फ अघि बढ्दै कार्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा पर्ने नेल्लौर र नरसापुरबिचबाट शक्तिशाली चक्रवाती आँधीका रूपमा जमिनमा प्रवेश गर्ने सम्भावना रहेकाे महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ ।


