गोरखा । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान– २०८३ अन्तरर्गत गोरखाको सबै स्थानिय तहमा कार्यक्रम सञ्चालन गर्न जिम्मेवारी प्रदान गरिएको छ ।
पार्टीको गोरखा सदरमुकाममा रहेको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी अभियानलाई ब्यवस्थित गर्न जिल्लाको ११ वटै पालिकामा जिम्मेवारी प्रदान गरिएको हो ।
राष्ट्रिय स्वाधिनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजिविकाको मुख्य मुद्वा, पार्टी समायोजना र पार्टी सदस्यता नविकरणका साथ संगठन सुदृढिकरणको लागि भन्दै पार्टीले यही कार्तिक ७ गतेदेखी मंसिर २५ गतेसम्म विभिन्न कार्यक्रम गर्ने गरी अभियानको थालनी गरेको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
गोरखा नगरपालिकामा यादव बस्नेतलाई अभियानको नेतृत्व गर्नेगरी जिम्मेवारी प्रदान गरिएको छ भने पालुङटार नगरपालिकामा जुद्वविलास भण्डारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तैगरी, गण्डकी गाउँपालिकामा दिपक तिमल्सिना, शहिदलखन गाउँपालिकामा कृण्ण चोपङ, भिमसेन थापा गाउँपालिकामा लोक प्रसाद बञ्जारा र आरुघाट गाउँपालिकामा राजन गुरुङलाई जिम्मेवारी प्रदान गरिएको नेपाली कम्युनिष्ट पार्टी गोरखाले जनाएको छ ।
उता धार्चे गाउँपालिकामा छम बहादुर तमुलाई जिम्मेवारी प्रदान गरिएको छ भने सुदुर उत्तरमा रहेको चुमनुब्री गाउँपालिकामा निमा लामा, बारपाक सुलिकोट गाउँपालिकामा विण्णु भट्ट, अजिरकोट गाउँपालिकामा दिपक देवकोटा र सिरानचोक गाउँपालिकामा नवराज पुडासैनीलाई जिम्मेवारी प्रदान गरेको पार्टीका गोरखा जिल्ला संयोजक अकुर तिमल्सिनाले बताए ।
जागरण अभियानमा स्थानिय तहमा के के गरिन्छ त ?



