गाेरखा । काठमाडौंकाे विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका ५ जना बंगलादेशी नागरिकलाई सोमबार सांझ सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिन सफल भएको छ ।
सशस्त्रकाे इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव उपरिक्षक एवं सह प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको छ ।
नियन्त्रणमा लिएका बंगलादेशी नागरिकहरुमा मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बंगलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन् ।
रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्ने क्रममा ९ जना बंगलादेशी नागरिकका १४ थान राहदानी र ठूलो संख्यामा आर्थिक लेनदेन भएको विवरण उल्लेख गरिएका २ थान डायरीसमेत फेला परेको थापाले बताए ।
त्यसैगरी, नियन्त्रणमा परेका जाहिंगिर आलममाथि १ जना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको खुल्न आएकाे छ ।
उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएकाे खुल्न आएकाे पनि सह प्रबक्ता थापाले जानकारी दिएको छ ।



