गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे मूल्य बढेकाे छ ।
सुन ताेलामा २ हजार ३०० रुपैयाँले बढेर तोलाकाे २ लाख ७४ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे २ लाख ७२ हजार रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी ताेलामा ७० रुपैयाँले बढेर ताेलाकाे ३ हजार ७२० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ३ हजार ६५० रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ३५ हजार १७० रुपैयाँ र चाँदी ३ हजार १८९ रुपैयाँ ५० पैसामा काराेबार भएकाे छ ।


