गाेरखा । नेपालमा अहिलेपनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली र पहाडी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आजै राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा मौसम मुख्यतया सफा रहने छ भने तराईका भाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने पनि महाशाखाले जनाएकाे छ ।
बुधवार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।


