गोरखा । आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि गोरखाका गाउँघरमा परम्परागत काठका सामग्री प्रयोग गर्ने चलन हराउँदै जान थालेको छ ।
विगतमा दूध, दही तथा घीउ राख्न प्रयोग गरिने काठका ठेकी, हर्पे, दुदेरालगायत सामग्री गाउँघरमा अनिवार्य रूपमा प्रयोग हुने गरेको थियो ।
पछिल्लो समय आधुनिक भाँडाकुडाँको प्रयोग बढेसँगै यस्ता सामग्री चलन हट्दै गएका कारण भान्सामा आगो बाल्नै मुस्किल हुन लाथेको गोरखा नगरपालिकाa–१४ का राजु चुनाराको गुनासो रहेको छ ।
बुवाको पेशा धान्दै आएका चुनारालाई आधुनिक सामाग्रीले चुनौती दिए पछी अहिले घर चलाउन गारो भएको बताए । ‘पहिले पहिले हामीले बनाएका काठका भाडाँ पुर्याउनै मुस्किल थियो’ उनले भने ‘अहिले बिक्री गर्ने गारो छ । आम्दानीको स्रोत नै धरापमा परेको छ ।’
गोरखा नगरपालिका–१४ गोप्लिङ बस्ने उनी बुवा संगै १३ बर्षको उमेरमा नै यो पेशामा होमिएका हुन । फाँट संगै प्रसिद्व अकला मन्दिर समेत छ । मन्दिर छेवैमा रहेको खोल्सीमा काठका भाडाँकुडाँ बनाएर बिक्री गर्दै आएका चुनाराको केही बर्षदेखी भने जस्तो बिक्री हुन छाडेको छ ।
उनले बनाएका काठका त्यस्ता सामाग्री गोरखाको गाउँगाउँदेखी तनहुँ, कास्की, चितवन, धादिङसम्म पुग्ने गरेको थियो । तर पछिल्लो समय आधुनिक भाडाँकुडाँ आउन थालेपछी भने उनको पेशा संकटमा परेको हो ।
पहिले गाउँघरमा आवश्यक पर्ने काठका सामग्री स्थानीयस्तरमै उत्पादन गर्ने चलन थियो । विशेषगरी पशुपालन गर्ने परिवारमा दूध तथा दुग्धजन्य पदार्थ राख्न काठका ठेकी, हर्पे र दुदेरा उपलब्ध हुन्थे ।
ती सामग्री घरायसी प्रयोजनका साधन मात्र नभई गाउँघरको परम्परागत जीवनशैली र मौलिक सीपका उदाहरण थिए । अहिले यी सामग्री बनाउने सँगै प्रयोग गर्ने चलन हराउँदै गएको अकला मन्दिरका पुजारी नर बहादुर नहरर्कीले बताए ।
पुजारी नहरर्की काठका परम्परागत सामग्री बनाउने चलन पछिल्लो समय घट्दै गएकोले पनी बजारमा प्लास्टिक, धातु तथा अन्य आधुनिक सामग्री सहजै उपलब्ध हुन थालेपछि काठका सामग्रीको प्रयोग कम भएको उनको भनाइ छ ।
प्रयोग घटेसँगै यस्ता सामग्री बनाउने सीप र त्यसमा आधारित परम्परा पनि लोप हुने अवस्थामा पुगेको उनले बताए ।
समयसँगै मानिसको जीवनशैली, घरायसी आवश्यकता र बजारको पहुँचमा आएको परिवर्तनले काठका सामग्रीको प्रयोगमा प्रभाव पारेको हुन सक्ने मन्दिरमा पुजा गर्न आएका एक तिर्थालुले बताए ।
उनका अनुसार पहिले स्थानीय स्रोतसाधनबाट निर्माण गरिने यस्ता सामग्री अहिले बजारमा उपलब्ध विकल्पबाट प्रतिस्थापित हुँदै गएको छ । यसले दैनिक जीवनलाई सहज बनाए पनि पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीपको निरन्तरतामा चुनौती थपेको उनको भनाई छ ।
काठका सामग्री निर्माण गर्न काठको छनौट र त्यसलाई आवश्यक उपयुक्त आकार दिन सीप आवश्यक पर्ने चुनाराको भनाइ छ । नयाँ पुस्ताको आकर्षण अन्य पेसा तथा आधुनिक जीवनशैलीतर्फ बढ्दै जाँदा परम्परागत सामग्री निर्माणमा संलग्न हामी जस्ताको घर भान्सामा असर पुगेको हो भन्छन् चुनारा ।
चुनाराले अहिले पनि पुख्र्यौैैली पेशा भने छाडेका छैनन् । उनलाई आशा छ कुनै दिन यसको महत्व बुझनेछन् र ब्यापारमा बृद्वि पनि हुने छ अनि उनको भान्सा र चर चलाउन सहज हुने छ ।
चुनाराले पछिल्ला केही बर्षहरुमा अधिकतम बार्षिक २ लाख रुपैयाँसम्मका काठका सामाग्रीहरु बिक्री भएको समेत बताए । उनलाई चाहिने काठ स्थानिय स्तरमा नै रहेको सामुदायिक बनबाट प्राप्त गर्ने गरेको अनुभव सुनाए ।
पहिले पहिले काठका अधिकांस सामाग्री दारका काठहरुबाट बन्ने भएता पनि दारका अभावमा चुनाराले अहिले सिसौ, करङ, आप र कटहरका रुखहरुबाट ठेकी, गिलास, माना, पाथी, पुङ, पुचै, फुलादानी, ओखल, अचानो, कचौरा, आरी, एस्ट्रे जस्ता सामाग्रीहरु निर्माण गर्दै आएका छन् ।
स्थानीय स्रोतसाधनको उपयोग, परम्परागत सीप र गाउँघरको मौलिक पहिचानसँग जोडिएका काठका सामग्रीको संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको गोप्लिङबासीको भनाइ छ ।
परम्परागत सामग्रीको प्रयोग र निर्माणलाई प्रोत्साहन गर्न सके स्थानीय सीपको संरक्षणसँगै पुरानो जीवनशैली र सांस्कृतिक पहिचानलाई जोगाउन सकिने जानकारको भनाइ छ ।





