गाेरखा । सोलुखुम्बुस्थित लुक्ला भन्दा माथि पर्ने फुर्चेमा ल्यान्डिङको क्रममा २ हेलिकप्टरका पंखा जुधेर पल्टिएको छ ।
मंगलबार बिहान अन्दाजी ८:१५ बजेतिर उक्त दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएकाे हाे ।
प्राधिकरणका अनुसार ल्यान्डिङ गर्नेक्रममा फिसटेल एयर र एयर डाइनास्टीको हेलिकप्टरकाे पंखा एक आपसमा ठाेकिएर पल्टिएको हो ।
घटनाबारे थप बुझ्न लुक्लाबाट प्राधिकरणको टोली दुर्घटनास्थलतर्फ जादैछन् ।
खुम्बु पासाङल्हामु गाउँपालिका-४ पर्ने उक्त ठाउँमा हेलिकप्टर दुर्घटना भएपछि नजिकैको अस्थायी प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरले बताए ।
दुर्घटनामा घाइतेको उद्धारका लागि प्रभु एयरको हेलिकप्टरबाट उद्धारको काम भइरहेको जनाएकाे छ ।


