गाेरखा । नेपाल राष्ट्र बैङ्कले आज बिहीबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७९ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११८ रुपैयाँ २५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४० रुपैयाँ ४२ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६२ पैसा कायम भएको छ ।
थाई भाट १ को खरिददर ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४ रुपैयाँ ५१ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २८ पैसा र बिक्रीदर ११ रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५ रुपैयाँ ५९ पैसा र डेनिस क्रोनर १ को खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा तोकिएको छ ।
बैङ्कले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८७ पैसा, बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ ६१ पैसा बिक्रीदर ४०२ रुपैयाँ २० पैसा, ओमनी रियाल १ को खरिददर ३९२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


