गाेरखा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका प्रभावले देशका हिमाली तथा पहाडी भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकाे मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका थाेरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
राति गण्डकी प्रदेशको हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।


