एजेन्सी । अमेरिकाको मध्यावधि निर्वाचनमा उल्लेखनीय जित हासिल गरेपछि डेमोक्र्याटिक पार्टीले आगामी जनवरीदेखि संसद्का दुवै सदनमा नियन्त्रण कायम गर्ने भएको छ ।
यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी २ वर्षको कार्यकालमा उनको प्रशासनमाथि संसदीय निगरानी र राजनीतिक दबाब बढ्ने देखिएको छ ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि डेमोक्र्याटिक पार्टीका तर्फबाट प्रतिनिधिसभाका नेता हाकिम जेफ्रिजले यसलाई ‘अमेरिकाको महान् पुनरागमनको सुरुवात’ भनेका छन् ।
चुनावी अभियानका क्रममा डेमोक्र्याटहरूले सरकारी भ्रष्टाचारको अनुसन्धान गर्ने, स्वास्थ्य सेवा, खाद्यान्न र पेट्रोलियम पदार्थको मूल्य घटाउने तथा इरानसँगको युद्ध अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अब उनीहरूलाई ती प्रतिबद्धता कार्यान्वयन गर्ने चुनौती छ ।
तर संसद्का दुवै सदनमा बहुमत हासिल गर्दैमा डेमोक्र्याटहरूले चाहेका सबै योजना तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था छैन । ह्वाइट हाउसमा रिपब्लिकन राष्ट्रपति ट्रम्प रहेकाले संसद्बाट पारित भएका विधेयकसमेत उनले अस्वीकार गर्न सक्छन् ।
अब के हाेला त ?
ट्रम्प प्रशासनमाथि अनुसन्धान गर्न सक्ने
न्यायाधीश र मन्त्री नियुक्तिमा सिनेटको भूमिका
ट्रम्पविरुद्ध महाभियोगको सम्भावना
कानुन निर्माणमा ट्रम्पको भिटो अधिकार बाधक
स्वास्थ्य सेवामा कटौती उल्ट्याउने प्रयास
इरान युद्ध रोक्न कंग्रेसको अधिकार


