गाेरखा । सिरानचाेक गाउँपालिकाकाे चिलाउने खस खाेला क्षेत्रमा आज बिहान भएकाे टिप्पर दुर्घटनामा परी चालक सहित ३ जना घाईते भएका छन् ।
घाईते हुने हरुमा चालक चितवन जिल्ला, माडी नगरपालिका-४ शितलपुर बस्ने बर्ष २५ को राजु सुनार, धादिङ जिल्ला, साङगुस गाउँपालिका-४ बस्ने बर्ष २४ को राज ब. तामाङ र गोरखा जिल्ला, अजिरकोट गाउपालिका-२ अपुन बस्ने बर्ष ४० को तिर्थ बहादुर गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज बिहान १० बजेर १० जादा गाेरखाकाे भच्चेकबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ८६५८ नं.को टिप्पर दुर्घटनामा परेकाे हाे ।
भच्चेक खानेपानी आयोजनाको जेनेरेटर बोकेको गएको टिप्परका चालकको स्वास्थ्यमा अचानक समस्या आई सवारी अनियन्त्रित भई सडकमा पल्टिन गएकाे पनि गाेरखा प्रहरीले जनाएकाे छ ।
चालक सहित घाईते भएका तिनै जनाकाे भच्चेक आधारभुत अस्पतालमा उपचार भइरहेकाे पनि प्रहरीले जानकारी दिएकाे छ ।


