गाेरखा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आजै राति कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका साथै बाँकी हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
भाेली आइतबार देशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोशी र बागमती प्रदेशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना महाशाखाले जनाएको छ ।


