अस्ट्रेलिया । अस्ट्रेलियाको Wollongong क्षेत्रमा सक्रिय नेपाली सामुदायिक संस्था Wollongong Illawarra Nepali Community (WINC) Inc. को आयोजनामा देउसी–भैलो कार्यक्रम २०८३ सम्पन्न भएको छ ।
शुक्रबारका दिन Balgownie Village Community Centre, 113 Balgownie Road, Balgownie NSW 2519 मा देउसी–भैलो कार्यक्रम २०८३ सम्पन्न भएको हाे ।
कार्यक्रम नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयाेजक संस्थाले जनाएकाे छ ।
संस्थाका अध्यक्ष संजिव अगाईले दिएकाे जानकारी अनुसार कार्यक्रममा WINC का सल्लाहकार रामकृण्ण निराैलाले परम्परागत देउसी–भैलोको नेतृत्व गरेका थिए ।
कार्यक्रममा सहभागी MCCI का CEO Chris Lacey ले उपस्थित सबैलाई तिहारको शुभकामना व्यक्त गर्दै नेपाली समुदायको सांस्कृतिक उत्सवमा शुभेच्छा प्रकट गरे ।
कार्यक्रमले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नयाँ पुस्तालाई नेपाली मौलिक कला, संस्कृति र परम्परासँग जोड्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको अध्यक्ष अगाईले बताए ।
WINC ले प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण गर्नु सबै नेपालीको साझा जिम्मेवारी भएको उनकाे धारणा रहेकाे थिथयाे । आगामी दिनमा WINC लाई अझ सक्रिय, समावेशी र समुदायमुखी संस्थाका रूपमा अगाडि बढाउँदै विशेषगरी युवा पुस्ताको सहभागिता, सांस्कृतिक प्रवर्द्धन तथा स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनुहुने सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारीहरू, स्वयंसेवकहरू, कलाकारहरू तथा सम्पूर्ण सहभागीहरूप्रति WINC ले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
Wollongong Illawarra Nepali Community (WINC) Inc. ले आगामी दिनहरूमा पनि नेपाली भाषा, कला, संस्कृति तथा सामुदायिक एकताको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै जाने जनाएको छ ।


