साँकेतिक तस्बिर
गोरखा । गोरखा सदरमुकाम भएकाे माेटरसाइकल दुर्घटनामा परी १ जना युवककाे मृत्यु भएकाे छ ।
गाेरखा नगरपालिका-८ माथिल्लो खोलखोले गैरी चौतारामा भएको मोटरसाइकल दुर्घटनामा परी भिमसेन थापा गाउँपालिका-१ मसेलका ३० वर्षका महेश बानियाँकाे मृत्यु भएकाे हाे ।
शुक्रबार राति आरुघाटबाट गोरखातर्फ आउँदै गरेको ग प्र ०३-००१ प ०८१० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक बानियाँ गम्भीर घाइते भएका थिए ।
दुर्घटनापछि उनको टाउको र घाँटीमा चोट लागेको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल गोरखा पुर्याइएको थियो ।
उनकाे अस्पतालमा उपचार क्रममा मृत्यु भएको गाेरखा प्रहरीले जनाएको छ ।


