गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा ५ हजार ९०० रुपैयाँले घटेर तोलाकाे २ लाख ८३ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८८ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा ११० रुपैयाँले घटेर ताेलाकाे ३ हजार ८१० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ३ हजार ९२० रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ४२ हजार ६२५ रुपैयाँ र चाँदी ३ हजार २६६ रुपैयाँ ५० पैसामा काराेबार भएकाे छ ।


