गाेरखा । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहनेछ भने हिमाली भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका थाेरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी तथा तराई भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
राति कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोे छ ।
त्यसैगरी, तराई, उपत्यका तथा खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


