गाेरखा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली तथा पहाडी भागमा आंशिक बदली हुने देखिएको छ । हिमाली भागका थाेरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ ।
लुम्बिनी प्रदेशको हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
आजै राति देशको हिमाली भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।


