गाेरखा । चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ५:०० बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।
प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको स्थानिय पत्रकार बिनाेद श्रेष्ठले जानकारी दिए ।
पत्रका श्रेष्ठका अनुसार अबरुद्ध सडक खुलाउने काम सुरु भएकाेले केही बेरमा सडक सुचारु हुने छ ।
तस्बिर : बिनाेद श्रेष्ठ


