गाेरखा । नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले छ । जसका प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लागेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भाग तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना महाशाखाले जनाएकाे छ ।
आज राति देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।
गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।


