गाेरखा । उत्तरी गाेरखामा बच्चा जन्माउन नसकेका २ जना महिलालाई आज हेलीद्धारा उद्दार गरेर राजधानी लगिएकाे छ ।
बच्चा जन्माउन नसकेका चुमनुब्री गाउँपालिका-३ फिलिमका २९ बर्षिया सुन्तली गुरङ र साेही स्थानकाे देवल बस्ने २३ बर्षिया सुप्रिया गुरुङलाई आज हेलीद्धारा उद्दार गरेर राजधानी लगिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले बताए ।
उनका अनुसार दुवै महिलालाई नेपाली सेनाकाे हेलीले राजधाीकाे परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली लगिएकाे हाे । उनीहरुलाई शनिबार बिहान ११:२० बजे गाेरखाकाे सिर्दीबासबाट लगिएकाे हाे ।
उद्दार गरीएकी मध्य सुन्तली गुरुङले गर्भ रहेकाे ७ महिनामा नै बच्चाकाे जन्म दिएकाेले चिकित्सकहरुले राम्राे अस्पतालमा जान सल्लाह दिएकाे र सुप्रिया गुरुङकाे भने बच्चा जन्म दिने मिति कटीसकेकाले दुवै जनाकाे उद्दाग गरेर परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा भर्ना गरिएकाे गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।
उद्दार गरिएकी सुन्तली र उनकाे बच्चाकाे अवस्था अहिले सामान्य रहेकाे पनि गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।


