साँकेतिक तस्बिर
गाेरखा । पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर १ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पकाहामैनपुर गाउँपालिकाका-२ का ८ वर्षीय बालक कुन्दन सहनी रहेकाे पर्सा प्रहरीले जनाएकाे हाे ।
पर्सा प्रहरीका अनुसार सोमबार बिहान ८ बजे आफ्नै घर अगाडि पटका पड्काउने क्रममा बालक सहनीको छातीमा पटकाको छर्रा लागेर गंभिर घाइते भएका थिए ।
मृत्तक बालकले फलामको पाइभित्र राखेर पटका पड्काउदा पाइपको दुवैतर्फबाट छर्रा निस्किँदा उनको छातीको बीच भागमा गम्भीर चोट लागेको थियाे । उपचारका लागि अस्पताल पुर्याएका उनकाे चिकित्सकहरुले मृत घोषणा गरेको हो ।
पटकाको छर्रा लागेर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल ल्याइएको थियो । चिकित्सकहरुले बिहान ८:४५ बजे मृत्यु घोषणा गरेका थिए ।


