गाेरखा । साताकाे दाेस्राे दिन नेपाली बजारमा आज सुन र चाँदीकाे मूल्य बढेकाे छ ।
सुन ताेलामा ६७५ रुपैयाँले बढेर तोलाकाे २ लाख ८४ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८३ हजार ६२५ रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी ताेलामा ४५ रुपैयाँले बढेर ताेलाकाे ३ हजार ८५५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ३ हजार ८१० रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ४३ हजार ७४० रुपैयाँ र चाँदी ३ हजार ३०५ रुपैयाँमा काराेबार भएकाे छ ।


