गाेरखा । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो हटाएपछि सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।
सोमबार राति खसेको ठूलो सुक्खा पहिरोका कारण मंगलबार बिहानसम्म सडक अवरुद्ध भएको थियो । पहिरोका कारण तिहार मनाउन घर जाने तथा फर्किने यात्रु अलपत्र परेका थिए भने सडकमा सवारीसाधनको लामो जाम लागेको स्थानिय पत्रकार बिनाेद श्रेष्ठले जानकारी दिए ।
पत्रकार श्रेष्ठले दिएकाे जानकारी अनुसार बिहान पौने ८ बजे पहिरो हटाएपछि सडक दुवैतर्फी सञ्चालनमा आएको हो । उक्त सडकमा सोमबार पनि पहिरो खसेर यातायात अवरुद्ध भएको थियो ।


