गाेरखा । तेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा आज १ खेल मात्र हुने भएकाे छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र २ पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
खेल अपराह्न ५ बजे सुरु हुने छ । खेलमा सुदूरपश्चिम आफ्नो लय कायम राख्दै जित निकाल्ने योजनामा ५ भने ५ खेल खेलेको सुदूरपश्चिमले ३ मा जित र २ मा हार बेहोरेको छ । ६ अङ्क जोडेको सुदूरपश्चिम हाल तालिकाको तेस्रो स्थानमा छ ।
प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रने सुदूरपश्चिम आजको खेलमा जित निकाल्न उद्दत छ ।
यता जनकपुर पनि जितसहित पुनरागमन गर्ने योजनामा छ । ५ खेल खेलेमा जनकपुरले २ मा जित र ३ मा हार ब्यहाेरेकाे छ । ४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरका लागि आजको खेल महत्वपूर्ण हुनेछ ।
जारी प्रतियोगितामा पनि ८ टोलीको सहभागिता रहेको छ ।


