गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले अहिले कर्णाली प्रदेशका केहि स्थानमा, कोशी, बागमती, लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
आजै राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
बागमती, र गण्डकी प्रदेशको पहाडी भागका साथै लुम्बिनी प्रदेशको तराई भागको केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।



